एमालेका १३ सांसद एकीकृत समाजवादीतिर , १० जनाको आज शनाखत

एमालेका १३ सांसद एकीकृत समाजवादीतिर , १० जनाको आज शनाखत

  • बिहिबार, भदौ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

१७ भदौ, जनकपुरधाम । प्रदेश २ मा नेकपा एमालेका १३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । तर १० जनाको मात्रै आज शनाखत भएको छ ।
नयाँ पार्टी रोज्नेहरुमा सांसदहरुमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तव छन् ।
सांसद दिल्ली उप्रेती उपचारका निम्ति भारतको दिल्लीमा रहेकाले उनले दूतावासमार्फत् आफ्नो सनाखत गराउने तयारी गरेका छन् भने सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ आज जनकपुर जान नसकेका कारण भोली गएर सनाखत गर्ने भएका छन् । एमालेका प्रदेश २ मा २१ सांसद रहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ