देउवालाई अप्ठ्यारो पार्दै आफ्नै खेमाका नेताले, गोपालमान श्रेष्ठद्धारा पनि उम्मेद्धारी घोषणा

देउवालाई अप्ठ्यारो पार्दै आफ्नै खेमाका नेताले, गोपालमान श्रेष्ठद्धारा पनि उम्मेद्धारी घोषणा

  • बिहिबार, भदौ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई नै अप्ठ्यारो पार्ने गरी विमलेन्द्र निधिले सभापतिमा उम्मेद्धारी घोषणा गरीसकेका छन् । पौडेल खेमाबाट उम्मेद्धारका आकांक्षी धेरै भएकाले उनीहरुले साझा उम्मेद्धार बनाउने भन्दै कसरत गरीरहेका छन् ।
तर देउवा खेमाकै अर्का नेता गोपाल मान श्रेष्ठले पनि आसन्न १४ औँ महाधिवेशनमा सभापतिको उम्मेद्धारी घोषणा गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
यदी पौडेल खेमा एकतावद्ध भएर आयो र निधि र श्रेष्ठ दुबैले उम्मेद्धारी फिर्ता लिएनन् भने देउवा अप्ठेरोमा पर्न सक्ने आंकलन गरिएको छ ।

गृहनगर स्याङ्जाबाट सभापतिमा उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूलाई साथ दिनुपर्ने माग गरे ।

गुटरहित कांग्रेस बनाउने अभियानलाई सार्थक बनाउन आफूले सभापति पदमा उम्मेदावरी दिन लागेको श्रेष्ठले बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ