नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच आज भेटवार्ता भएको छ । सिंहदरबार स्थित माओवादी संसदीय दलको कार्यलयमा करीब २० मिनेट दुई नेताहरुले समसामयिक विषयमा छलफल गरेका हुन् ।
सो छलफलमा सरकारमा सहभागीता, सरकार सञ्चालन र गठबन्धनको विषयमा केन्द्रीत भएर कुराकानी भएको बुझिएको छ ।
माधव नेपालले एमाले विभाजन गरेर नयाँ दल बनाएपछि सरकार विस्तारमा गठबन्धन केन्द्रीत रहेपनि अझै विस्तार भने हुन सकेको छैन ।
केन्द्रमा मन्त्री नपाँदा कतिपय नेताले प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधि भड्काउन सक्ने भएकाले भदौ २२ मा निर्वाचन आयोगले दल छान्न दिएको समय सकिए पछि मात्रै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline