प्रदेश २ : जसपाका ११ प्रदेशसभा सदस्यद्वारा लोसपाको पक्षमा सनाखत

प्रदेश २ : जसपाका ११ प्रदेशसभा सदस्यद्वारा लोसपाको पक्षमा सनाखत

  • बुधबार, भदौ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

धनुषा, १६ भदौ । प्रदेश नम्बर २ का जनता समाजवादी पार्टी नेपालमा रहेका ११ जना प्रदेशसभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा सनाखत गर्नुभएको छ । उहाँहरूले निर्वाचन आयोगको प्रदेश कार्यालय, जनकपुरधाममा पुगेर लोसपाको पक्षमा सनाखत गर्नुभएको हो ।

लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, नीलम देवी भूमिहारिन, अलका झा, गौरीनारायण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहनुभएको निर्वाचन कार्यालयका प्रमुख पुष्पाकुमारी झाले जानकारी दिनुभयो । प्रदेश २ को प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाको तर्फबाट २५ गरी जसपाको कूल ५५ प्रदेशसभा सदस्य हुनुहुन्थ्यो ।

लोसपाका पक्षमा जसपाका १४ जना प्रदेशसभा सदस्य खुलेका छन् । एक नेताका अनुसार जसपाका १४ जना लोसपामा खुलेर सनाखत गर्न तयार रहेको र थप चार जनालाई आफ्नो पक्षमा सनाखत गराउन प्रयास भइरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी रोज्नुभएका प्रदेशसभाका सदस्य जीतेन्द्र सोनलले बाँकी प्रदेशसभाका सदस्य बाहिर रहनुभएकाले भोलि सनाखत गर्नुहुने बताउनुभयो । उहाँले अन्य सांसद बिहीबार र शुक्रबार सनाखतका लागि निर्वाचन कार्यालय पुग्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ