मुख्यमन्त्री आचार्यले रोक्न सकेनन् बहुमत कायम हुने गरी सांसद, १० जना खुले एकीकृत समाजवादीमा

मुख्यमन्त्री आचार्यले रोक्न सकेनन् बहुमत कायम हुने गरी सांसद, १० जना खुले एकीकृत समाजवादीमा

  • बुधबार, भदौ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

विराटनगर भदौ १६। माधव नेपालको साथ छाड्दै मुख्यमन्त्री भएका भीम आचार्यले आफूलाई बहुमत पुग्ने गरी सांसद जोगाउन असफल भएका छन् । एमालेभित्र रहँदा लामो समयदेखि माधव नेपालको पक्षमा रहेपनि अन्तिम समयमा विभाजन हुनु अघि एमालेमै रहेर मुख्यमन्त्री भएका आचार्यलाई एक हप्तामै सत्ता संकट आएको हो । त्यसो त आचार्य निर्वाचन लगत्तै मुख्यमन्त्री हुन चाहेपनि संसदीय दलको निर्वाचनमा शेरधन राईसँग पराजीत भएका उनी बन्न सकेका थिएनन् ।
आज एमालेका १० सांसदले पार्टी छाड्दै माधव नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि आचार्यको सरकार अल्पमतमा परेको हो ।

आज आयोगमा सनाखत गर्ने सांसदहरूमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, कृष्ण कुमारी राई र सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ रहेका छन् ।

एमालेबाट अलग भएर गठन भएको पार्टी समाजवादी रोज्ने सांसदहरुको लागि २२ गतेसम्म सनाखत गर्ने समय निर्वाचन आयोगले दिएको थियो ।
अझै केही सांसदले समाजवादीको पक्षमा सनाखत गर्ने दाबी समाजवादीका नेताको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ