नेकपा एमालेले पार्टीबाट निष्काशन गरिएका आफ्ना १४ सांसदलाई कारवाही नगरेको भन्दै सभामुख बिरुद्ध सर्वोच्चमा रिट दायर गर्ने भएको छ । एमाले संसदीय दलका सचेतक बिशाल भट्टराईले निर्वाचन आयोगलाई समेत बिपक्षी बनाएर रिट हाल्न लागिएको बताए ।
निर्वाचन आयोगलाई भने पार्टीले कार्बाही गरेका १० केन्द्रीय सदस्यलाई सनाखतमा मान्यता दिएको भन्दै आयोगलाई पनि एमालेले विपक्षी बनाएको हो ।
एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामुखलाई दिएको थियो। तर सभामुख अग्नि सापकोटाले एमाले सांसदका रूपमा प्रतिनिधि सभामा १२१ सांसद र राष्ट्रिय सभामा ३३ सांसद रहेको जानकारी निर्वाचन आयोगलाई पठाएका थिए ।
सभामुखले १४ सांसदलाई कार्बाही नगरेपछि एमाले रुष्ट बनेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline