एमालेको सरकार जोगाउनकै लागि मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गराएर माधव नेपालको साथ छाडेका भीम आचार्यलाई मुख्यमन्त्री बनाए पनि अन्ततः उनी पनि अल्पमतमा परेका छन् । एमालेका १० प्रदेश सांसदले एमाले छाडेर आज निर्वाचन आयोगमा सनाखत गरी नेकपा एकीकृत समाजवादीतिर खुल्दैछन् । यसले विस्वासको मत लिन नपाउदै आर्चाको सरकार अल्पमतमा परेको छ ।
आज दिँउसो निर्वाचन आयोगमा पुगेर सनाखत गर्ने तयारी भएको प्रदेश सांसद राजेन्द्र राईले जानकारी दिए ।
आज १० जनाले सनाखत गर्ने र २२ गते सम्ममा अन्य तीन देखि पाँच जनाले पनि सनाखत गर्ने राईको दाबी छ ।
आज राजेन्द्र राई, राजन राई, गणेश काङमाङ, सावित्रा रेग्मी, सरिता थापा, खिनोलङ्वा लिम्बु, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, उपेन्द्रप्रसाद घिमिरे र सुनिताकुमारी चौधरीले सनाखत गर्दै छन्।
९३ सदस्यीय प्रदेश सभा अहिले ९२ जना सांसद छन्।
सबैभन्दा ठूलो दल एमालेका सभामुखसहित ५१ सांसद थिए। तीमध्ये एक जना सांसद फौजदारी अभियोगमा सजाय पाएकी छन् र उनी अहिले फरार सूचीमा छन्। १० सांसदले एमाले त्यागे मुख्यमन्त्री आचार्यको पक्षमा ३९ जना सांसदमात्र रहन्छन्।
विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादीका १५, जसपा ३ र संघीय लोकतान्त्रिक मञ्चका १ जना सांसद छन्।
यो प्रकृया पुगेपछि प्रदेश १ को सरकार परिवर्तन गर्ने विपक्षीले तयारी गरेका छन् ।