सुदुरपश्चिममा एमाले छाडेर एकीकृत समाजवादीका पक्षमा आज १० जनाले सनाखत गरे

सुदुरपश्चिममा एमाले छाडेर एकीकृत समाजवादीका पक्षमा आज १० जनाले सनाखत गरे

  • मङ्लबार, भदौ १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

सुदूरपश्चिम प्रदेश सभाका १० जना नेकपा (एमाले)सांसदले नेकपा (एकीकृत समाजवादी) मा लागेको जनाउ दिँदै आज सनाखत गरेका छन् । उनीहरुले आजै प्रदेश निर्वाचन आयोगमा सनाखत गराएका छन् ।
मंगलबार दिउँसो धनगढीस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा गएर उनीहरूले नयाँ पार्टीका पक्षमा सनाखत गरेका हुन्।
नयाँ पाटीतिर लाग्ने सांसदहरुमा पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अम्मर साउँद, चुनकुमारी चौधरी, मना साउँद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन्।
भौतिक पूर्वाधार तथा विकास मन्त्री तथा प्रदेश सभा सदस्य दीर्घ सोडारीले आफूसहित तीन जना सांसदले बुधबार आयोगमा गएर सनाखत गर्ने बताए ।

उनीसहित अर्चना गहतराज र तारा लामा तामाङले सनाखत गर्न बाँकी छ।

५२ सदस्यीय सुदूरपश्चिमको प्रदेश सभा एमालेका २५ सांसद थिए। तीमध्ये एक जना सभामुख छन् । बाँकी १८ माधव पक्षमा थिए । भीम रावल एमालेमै रहेपछि बाँकी सांसद भने उनीसँगै एमालेमै रहेका हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ