बागमती प्रदेशका यी १२ सांसदले एमाले छाडेर रोजे समाजवादी, मुख्यमन्त्री शाक्य अल्पमतमा

बागमती प्रदेशका यी १२ सांसदले एमाले छाडेर रोजे समाजवादी, मुख्यमन्त्री शाक्य अल्पमतमा

  • मङ्लबार, भदौ १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

नेकपा एमाले विभाजित भएसँगै १२ प्रदेश सांसदले एमाले छाडेर एकीकृत समाजवादी रोजेका छन् । १२ सांसद समाजवादीतिर प्रवेश गरेसँगै माधव नेपाल छाडेर एमालेमै रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।
यी हुन एमाले छाड्ने र समाजवादी रोज्ने प्रदेश सांसद
राजेन्द्र पाण्डे
राजेन्द्रमान श्रेष्ठ
लक्ष्मण लम्साल
बसुन्धरा हुमागाईं
रमा आले मगर
बसन्त मानन्धर
कुसुम कार्की
पार्वती सिलवाल
इन्द्रमाया गुरुङ
मुनु सिग्देल
माधव पौडेल
कृष्ण खनाल
अब उनीहरुलाई प्रदेश निर्वाचन आयोगले संख्या निर्धारण गर्न बाँकी छ । त्यसपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नेछिन् ।
१२ सांसदले एमाले छाडे लगत्तै अब एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दाबी गर्ने स्रोतको दाबी छ । १०९ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित ५६ सांसद थिए । १२ जना सांसद एमाले छाडेर नयाँ दलमा सामेल भएसँगै अब प्रदेशसभामा एमाले ४४ सांसदमा खुम्चिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ