काठमाडौं, भदौ १५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका औपचारिक कार्यक्रम शुरु हुनै लाग्दा नेताहरु चुनावी दौडमा जुटेका छन् ।
१४ औं महाधिवेशनअन्तर्गत सबैभन्दा तल्लो निकाय वडा तहको अधिवेशन यही भदौं १८ गतेबाट देशभर शुरु हुँदैछ ।
तलैदेखि अधिवेशन शुरु हुनु अघि नै सभापतिमा देउवालाई हराउने गरी अन्य समुहबाट साझा उम्मेद्धारको खोजी जारी छ । रामचन्द्र पौडेल, महामन्त्री शसांक कोईराला, शेखर कोईराला, प्रकाश मान सिंह उम्मेद्धारका आकाक्षी छन् । उनीहरुले एकतावद्ध भएर लड्नु पर्ने भने पनि उम्मेद्धारीमा सहमति जुटाउन सकेका छैनन् । देउवा पक्षबाट विमलेन्द्र निधिले चुनौती दिँदैछन् स्वयं देउवालाई ।
सबै जिल्लामा एकै दिन १८ भदौंकै दिन अधिवेशन हुन नसक्दा स्थानीय निर्वाचन संयोजकले एकरदुई दिन यताउता गर्नसक्ने नेताहरुले बताएका छन् ।
यसबीचमा केन्द्रदेखि स्थानीय तहसम्मका नेतृत्व आकांक्षीहरु आ–आफ्नो उम्मेदवारी घोषणा गर्दैछन् । मूलतः क्षेत्रहरुबाट चुनिएर आउने महाधिवेशन प्रतिनिधि नै कांग्रेस महाधिवेशनको मतदाता भएकाले केन्द्रीय निर्वाचनमा कसको पल्लाभारी होला भन्ने त्यसपछि मात्र अनुमान गर्न सकिन्छ ।
यस्तोमा, पौडेल समूहको बैठक पटक पटक बसेर साझा उम्मेदवार बनाउने प्रयास भइरहेको छ । मंगलबार पनि पौडेल निवास बोहोराटार, बालाजुहाइटमा संस्थापन इतरका नेताहरुले बैठक गरेका छन् ।