जयसिंह धामी प्रकरणः छानबिन प्रतिवेदनमा सरकारको अस्वाभाविक ढिलाइ

जयसिंह धामी प्रकरणः छानबिन प्रतिवेदनमा सरकारको अस्वाभाविक ढिलाइ

  • मङ्लबार, भदौ १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

भदौ १५, काठमाडौं । दार्चुलाका जयसिंह धामी महाकालीमा बेपक्ता घटनामा कूटनीतिक लाचारी देखाएको सरकारले घटनाको छानबिनमा समेत अस्भाविक ढिलाइ गर्न थालेको छ । धामी बेपत्ता भएको एक महिना पुग्दा पनि न त उनको अवस्था पत्ता लागेको छ न त सरकारको छानबिन प्रतिवेदन नै तयार भएको छ ।

धामी बेपत्ता भएको मंगलबार ठीक एक महिना हुँदै छ । यो अवधिमा सरकारको भूमिका अस्वाभाविक र सन्देहपूर्ण देखिएको छ । दोषीलाई कारबाही र पीडितलाई न्यायका लागि सरकारले भारतसँग कूटनीतिक संवाद नै गरेन । ब्रु घटनाको छानबिनका लागि गठन गरिएको समितिको म्याद तीनपटक थप गर्यो । स्रोतका अनुसार मंगलबार फेरि समितिको म्याद थप्ने गृह मन्त्रालयको तयारी छ ।

गत १५ साउनमा सदुमुकाम खलंगा आउने क्रममा तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० का जवानले डोरी फुकालिदिएकपछि धामी महाकालीमा बेपत्ता भएका थिए । त्यसको दुई दिनपछि १७ साउनमा सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ