नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एमालेको अंग अंगमा आफूहरुको पशिना छिपेको भए पनि रुपान्तरण गर्न नसकेका कारण विद्रोह गरेको बताएका छन् । अढाई महिना लामो समय भारतमा उपचार गराएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खनालले केपी ओलीको पार्टी गुट र अहंकार तथा व्यक्तिवादको प्रतीक मात्र भएको टिप्पणी गरे ।
उनले आफू ७० वर्षको भईसकेको भन्दै पार्टीले के गर् भन्छ त्यो गर्ने तर कार्यकारी पद नमाग्ने बताए ।
बाँकी जीवन कम्युनिष्ट पार्टी निर्माण, समाजवाद निर्माण, देश र जनताको निम्ती खर्चने भन्दै खनालले अहिलेको नयाँ पार्टी निर्माण एमालेको विभाजन भन्दा पनि विद्रोह भएको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline