मृगौला प्रत्यारोपण सकेर झलनाथ खनाल स्वदेश फिर्ता, माधव नेपाल विमानस्थलमै पुगे स्वागत गर्न

मृगौला प्रत्यारोपण सकेर झलनाथ खनाल स्वदेश फिर्ता, माधव नेपाल विमानस्थलमै पुगे स्वागत गर्न

  • सोमवार, भदौ १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

नेकपा एकीकृतका वरिष्ठ नेता झलनाथ खनाल उपचार सकेर भारतबाट स्वदेश फर्किएका छन् । असार २ गते दिल्लीको एपोलो अस्पतालमा भर्ना भएका खनालको मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि थप आराम गरेर खनाल आज आईपुगेका हुन् ।

खनाल दिल्लीमा हुँदा हुँदै यता नेकपा एमाले विभाजित भएर नयाँ पार्टी नेकपा एकीकृत समाजवादी बनेको थियो । सो पार्टीले खनाललाई वरिष्ठ नेता बनाएको छ ।

स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा खनालले आफ्नो स्वास्थ्य उपचारमा सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गरेका थिए ।

खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष माधवकुमार नेपाल, नेताहरु मुकुन्द न्यौपाने, बेदुराम भुसाल, गंगालाल तुलाधर लगायत नेताहरु पुगेर स्वागत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ