एसएसबीले तुईन काटेर जयसिंह धामी वेपत्ता भएको घटनामा सरकारको अडान स्पष्ट पार्न सत्तारुढ दलका नेताहरुको आग्रह

एसएसबीले तुईन काटेर जयसिंह धामी वेपत्ता भएको घटनामा सरकारको अडान स्पष्ट पार्न सत्तारुढ दलका नेताहरुको आग्रह

  • सोमवार, भदौ १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

सत्तारुढ दलका नेताहरुले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुईन काटेर वेपत्ता भएका जयसिंह धामी वेपत्ता भएको घटनामा सरकारको धारणा स्पष्ट पार्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

साउन १५ को घटनामा अहिले सम्म सरकारले प्रतिवेदन समेत सार्वजनिक नगरेको सन्दर्भमा दलका नेताहरुले यस्तो दबाब दिएका हुन् ।

सत्तारुढ गठबन्धनको सोमबार बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतले छानविन समितिको प्रतिवेदन आउन ढिलाइ भएकोमा असन्तुष्टि जनाएका छन् ।
एसएसबीले तुईन काटेर वेपत्ता भएका धामीको अवस्था समेत अहिले सम्म अज्ञात छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ