आजै मन्त्रीमण्डल विस्तारको तयारी : गठबन्धनका नेताहरु बिहानैदेखि छलफलमा

आजै मन्त्रीमण्डल विस्तारको तयारी : गठबन्धनका नेताहरु बिहानैदेखि छलफलमा

  • सोमवार, भदौ १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

मन्त्रालय भागबण्डा टुंगो लगाएर मन्त्रीपरिषद् विस्तार गर्ने अन्तिम तयारीमा जुटेका गठबन्धनका शीर्ष नेताहरुको बैठक अहिले जारी छ । बालुवाटारमा जारी बैठकमा मन्त्रालय भागबण्डा टुंग्याएपछि भ्याए सम्म आजै नयाँ मन्त्रीहरु नियुक्त गर्ने तयारी भईरहेको छ । हिजो दुई पटक तीन दलका शीर्ष नेताले छलफल गरेपछि आज पनि छलफल भईरहेको हो ।
छलफलमा प्रधानमन्त्री शेर बहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड , समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई सहभागी छन् ।
मन्त्रालको संख्या दलहरुको भागमा बाँडिए पनि मन्त्रालय र सम्बन्धित दलहरुले मन्त्रीको नाम दिन सकेका छैनन् ।
आज त्यो सबै टुंगो लगाएर मन्त्रीपरिषद् विस्तार हुन सक्ने गठबन्धनमा सहभागी जसपाका एक नेताले दाबी गरे ।
यस पटक प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलाई मन्त्री क कसलाई बनाउने भन्ने बढी सकस परेका कारण पनि सरकार विस्तारमा ढिलाई भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ