निर्वाचन आयोगले आगामी भदौ २२ गते भित्र पुरानै दलमा यथावत रहने वा नयाँ विभाजित दलमा जाने भनेर सनाखत गरिसक्नु पर्ने म्याद तोकेको छ । आयोगको निर्णय अनुसार २२ गते साँझ ५ बजे सम्ममा सनाखत गरिसक्नु पर्नेछ ।
यो म्याद प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिका हकमा मात्रै हो ।
एमाले छाडेर एकीकृत समाजवादीमा जान चाहने र जसपा छाडेर लोकतान्त्रिक समाजवादीमा जान चाहनेले सनाखत गर्नु पर्ने छ ।
यस अघि सनाखत गरिसकेका संघीय सांसदले भने दल चुन्न पाउने छैनन् । त्यसै गरी सनाखत गर्न छुटेका सांसदले पनि अब दल छान्न पाउने छैनन् । झलनाथ खनाल, सोम प्रसाद पाण्डे, तुलसा थापा लगायतका सांसदले दल छान्न नपाउने भएका हुन् । उनीहरु एकीकृत समाजवादीमा खुले पनि अन्तिम समयमा सनाखत गर्न पाएका थिएनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline