माधव नेपाल एकीकृत समाजवादीको संसदीय दलको नेतामा सर्वसम्मत चयन

माधव नेपाल एकीकृत समाजवादीको संसदीय दलको नेतामा सर्वसम्मत चयन

  • आइतवार, भदौ १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ  । नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल चुनिएका छन् । नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो ।

स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपानेले नेपाललाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए ।

एमालेबाट भदौ ९ गते विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले संसदीय दलको मान्यता पाएपछि पहिलो पटक बैठक बसेर नेता चयन गरेको हो ।
समाजवादी संसदको चौथो ठूलो दल हो ।

सो पार्टीको राष्ट्रिय सभाको संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ