नेकपा एमालेबाट बिद्रोह गरेर नयाँ पार्टी निर्माण गरेका एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूसँगै रहेर अहिले साथ नदिएका नेताहरुबारे टिप्पणी गरेका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै आजै पार्टी खोलौँ, भोलि नै पार्टी खोलौँ भन्ने दोस्रो पुस्ताका नेताहरुले आफूलाई अघि घचेटेको स्मरण गर्दै पछाडी फर्किएर हेर्दा त कोही छैन ।
उनले यो टिप्पणी कुनै व्यक्तिको नाम नलिई गरेपनि भीम रावल लगायतका नेताहरुप्रति लक्षित छ ।
जसले ओली बिरुद्धको संघर्षमा साथ दिएर अन्तिममा साथ छाडेर एमालेमै बसेका थिए ।
उनले दोस्रो पुस्ताकै नेताले नेकपा एकीकृत र नेकपा लोकतान्त्रिक गरी दुई वटा पार्टी दर्ता पहिले नै गराएको समेत दाबी गरे ।
ओलीलाई जसरी पनि फाल्नु पर्छ भनेर लागेका साथीहरुले नै अहिले खुट्टा कमाएको देख्दा अचम्म लाग्छ, नेपालले भने ।
उनले अझै पनि दोस्रो पुस्ताका नेताहरु आए आफूले अध्यक्ष पद छाडेर नेतृत्व दिन समेत तयार रहेको बताए ।