विस्वासको मत नपाँउदै अविस्वासको प्रस्ताव मार्फत पदमुक्त हुने खतरामा भीम आचार्य, १० सांसद समाजवादीतिर !

विस्वासको मत नपाँउदै अविस्वासको प्रस्ताव मार्फत पदमुक्त हुने खतरामा भीम आचार्य, १० सांसद समाजवादीतिर !

  • शनिबार, भदौ १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

माधव नेपालको साथ छाडेर मुख्यमन्त्रीको उपहार पाएका प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले अन्ततः विस्वासको मत नपाउदै अविस्वासको प्रस्ताव मार्फत हट्नु पर्ने संकट आईलाग्ने देखिएको छ । आचार्य मुख्यमन्त्री भएको केही दिन पनि वित्न नपाउदै १० प्रदेश सांसद नेकपा एकीकृत समाजवादीतिर लाग्ने निश्चित भएपछि आचार्यको पद धरापमा परेको हो ।
शेरधन राईले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री ्रबनाएका थिए । उनले अहिले सम्म दुई जना मन्त्री थपेका छन् । बाँकी मन्त्री थपिएको छैन ।
माधव नेपालको समाजवादीतिर लाग्न सक्ने सांसदलाई मन्त्रीको अफर दिएर विस्वासको मत पुर्याउने कसरतमा लागे पनि त्यो संभावना कम रहेको समाजवादीका नेता राजेन्द्र राईले बताए ।
संविधान अनुसार मुख्यमन्त्रीले ३० दिन भित्र विस्वासको मत लिनु पर्छ । तर त्यो भन्दा अगाडी नै संसदको बिशेष अधिवेशन मार्फत विपक्षीहरुले अविस्वासको प्रस्ताव दर्ता गर्न सक्ने माओवादी केन्द्रका एक सांसदले बताए ।
आचार्यले पद जोगाउन कम्तीमा ४७ एमाले सांसदको संख्या पुर्याउनु पर्छ । जुन १० जना समाजवादीतिर लाग्ना साथ नपुग्ने निश्चित छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ