भीम रावल माधव नेपाललाई छाड्दा आफै एक्लीदैः धमाधम जिल्लाका नेता समाजवादीतिर !

भीम रावल माधव नेपाललाई छाड्दा आफै एक्लीदैः धमाधम जिल्लाका नेता समाजवादीतिर !

  • शनिबार, भदौ १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

भीम रावल एमसीसीको विरोध जस्ता विभिन्न कारणले एमाले भित्र प्रभावशाली र चर्चित पात्र ठानिन्थे । यसको पछाडी उनको संगठित शक्ति पनि थियो । सुदुरपश्चिम प्रदेशमा सबैले उनलाई अगुवा नेताको रुपमा स्वीकारले निर्देशन मान्थे ।
तर अहिले एमाले नै विभाजित भए पछि र स्वयं भीम रावलले शुरुमा आफूले साथ दिएका माधव नेपाललाई नै छाडेर एमालेतिरै बसेपछि भने रावलको आफ्नै शक्ति कमजोर बन्न थालेको छ । जिल्लाकै प्रभावशाली नेताहरुले भीम रावलको साथ छाड्दै समाजवादीतिर लागेका छन् । सुदुरपश्चिम प्रदेश संसदीय दलकी सचेतक दुर्गा कुमारी विक, जिल्लाबाटै राष्ट्रिय सभा सदस्य रहेका शेर बहादुर कुवंर लगायत बलियो जिल्लाको टिम समाजवादीतिर लागेको छ । यसले भीम रावलको प्रभाव कम पर्ने अनुमान शुरु भएको छ ।
त्यसै गरी सुदुरपश्चिम प्रदेशमा पहिला रावलकै पछि लागेर माधव नेपालको टिममा उभिएका १७ जना प्रदेश सांसद मध्य १३ जना समाजवादीतिर लाग्ने बताईएको छ । त्यो भनेको सुदुरपश्चिम प्रदेशमा कुल एमाले सांसदको संख्याको आधा भन्दा बढी हुन आँउछ ।
विभिन्न जिल्ला पार्टीका अध्यक्षहरु समेत समाजवादीतिर खुल्न थालेका छन् ।
सुदुरपश्चिम प्रदेशका एक प्रदेश सांसदले भीम रावल कुन प्रलोभन र दबाबमा पर्नु भयो थाहा छैन, पहिला उहाँलाई नेता मानेकै हो तर अहिले उहाँले हामीलाई छाड्नु भयो , यो स्थितिमा उहाँको पछि लाग्न सकिदैन । उनले नाम उल्लेख नगर्ने शर्तमा सुदुरपश्चिममा भीम रावलको जुन ब्राण्ड र शक्ति थियो, त्यो अब नरहने पनि दावी गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ