माधव नेपाको साथ छाडेका सामसोहाङ र तिवारी मन्त्रीमा नियुक्त

माधव नेपाको साथ छाडेका सामसोहाङ र तिवारी मन्त्रीमा नियुक्त

  • शुक्रबार, भदौ ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

विराटगनर, ११ भदौ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सानो आकारको मन्त्रीपरिषद् विस्तार गरेका छन् । आफू मुख्यमन्त्री बनेको भोलिपल्ट आचार्यले दुई जनालाई मन्त्री बनाउँदै प्रदेश मन्त्रिपरिषद् विस्तार गरेका हुन् । उनले शुक्रबार दुई जनालाई मन्त्री नियुक्त गरे ।

नेकपा (एकीकृत समाजवादी)को नेतृत्व गरिरहेका माधवकुमार नेपालको साथ छाडेका ताप्लेजुङका बलहादुर सामसोहाङ र तेह्रथुमका लछुमन तिवारीलाई आचार्यले मन्त्री नियुक्त गरेका हुन् । तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण र सामसोहाङलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त दुबै मन्त्रीलाई शुक्रबार नै प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शपथग्रहण गराएका छन् । पहिलो चरणमा दुई जनालाई मन्त्री नियुक्त गरिएको र अरु पनि मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा मुख्यमन्त्री रहेको मुख्यमन्त्रीको कार्यलयले जनाएको छ ।

एमाले सचिव एवं पार्टीका प्रदेश इन्चार्ज आचार्य बिहीबार मात्रै प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुला गरिदिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ