प्रधानसेनापतिमा नियुक्त भए प्रभुराम शर्मा

प्रधानसेनापतिमा नियुक्त भए प्रभुराम शर्मा

  • शुक्रबार, भदौ ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ, ११ भदौ । नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाका कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मालाई आउँदो २४ गतेबाट लागू हुनेगरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिले शुक्रबार नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई प्रधान सेनापतिमा नियुक्त गरेकी हुन् ।

ब्याच नं. १३५३ बलाधिकृत रथी शर्मा हाल सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार उनलाई भदौ २४ गतेबाट लागू हुने गरी राष्ट्रपति भण्डारीले नियुक्ति गरेकी हुन् ।

शर्मालाई भदौ २४ बाट अवकाश लिन लागेका प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्ने छन् । आफ्नो तीन वर्षे कार्यकाल सकिने अघि थापा साउन २५ गतेदेखि एक महिने बिदामा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ