अष्टलक्ष्मी शाक्यः सत्ताको कुर्सी छाड्न तयार तर एमाले नछाड्ने

अष्टलक्ष्मी शाक्यः सत्ताको कुर्सी छाड्न तयार तर एमाले नछाड्ने

  • शुक्रबार, भदौ ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

मकवानपुर । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू सत्तामा टिक्नकै लागि एमाले नछाड्ने बताएकी छन् ।
एमाले विभाजित भएर नयाँ दल दर्ता भए लगत्तै मुख्यमन्त्री बनेको केही दिनमै अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले सत्ता जोगाउन कित्ता परिवर्तन नगर्ने स्पष्ट पारिन् ।
१ सय ९ सदस्यीय वाग्मती प्रदेशसभामा एमालेको सभामुखसहित ५६ सांसद छन् । सरकार गठनका लागि ५५ सांसद चाहिन्छ । तर, आधा दर्जनभन्दा बढी सांसदहरु एमाले विभाजन भएर नवगठित नेकपा (एकीकृत समाजवादी) मा संलग्न भएपछि शाक्यको पद धरापमा परिसकेको छ । उनले एक महिना भित्र विस्वासको मत लिदाँ स्वतः अल्पमतमा पर्ने स्थिति छ ।

आफू एमालेमै बसेर फरक मत राख्ने र बैचारिक संघर्ष गर्ने शाक्यले बताईन् ।

नेकपा एमालेकी उपाध्यक्ष शाक्य भदौ २ गते बहुमतको आधारमा मुख्यमन्त्री पदमा नियुक्त भएकी थिइन् ।
उनी लामो समय माधव नेपालको पक्षमा रहेर अन्तिममा मुख्यमन्त्री बन्ने समयमा ओली पक्षमा लागेकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ