संवैधानिक आयोगमा असंवैधानिक नियुक्ति विरुद्ध परेको रिटको सुनुवाई गर्न ईजलाशमा बसेका प्रधानन्यायधीशमाथि प्रश्न

संवैधानिक आयोगमा असंवैधानिक नियुक्ति विरुद्ध परेको रिटको सुनुवाई गर्न ईजलाशमा बसेका प्रधानन्यायधीशमाथि प्रश्न

  • शुक्रबार, भदौ ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं । संवैधानिक परिषदले गरेका नियुक्तिहरु बदर गर्न भन्दै परेको रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलोन्द्र शमशेर राणालाई प्रश्न उठाउदै ईजलाशमा नबस्न निवेदकहरुले माग गरेका छन् ।
प्रधानन्यायाधीश राणाको अध्यक्षतामा गठित इजलाशमा सुनुवाइ शुरू भए लगत्तै रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक परिषद बैठकमा प्रधानन्यायाधीशको मनसायपूर्वक उपस्थिति रहेको र अध्यादेश आउन राणा पनि जिम्मेवार भएकाले इजलाशमा बस्न नमिल्ने दाबी गरेका छन् ।

अध्यादेश आएको मात्र नभई संवैधानिक निकायहरुका नियुक्तिमा प्रधानन्यायाधीशले भागबण्डा लिएर आफ्ना मान्छे नियुक्त गराएकाले इजलाश छाड्नुपर्छ, अर्यालले ईजलाशमा भने ।

अर्यालले इजलाशमा नबस्न गरेको आग्रहको जवाफमा प्रधानन्यायाधीश राणाले भने गैरकानूनी भए आधार देखाउन नत्र भागबण्डाको कुरा नल्याउनुस् भन्दै जवाफ दिएका थिए ।

संवैधानिक परिषद्ले गरेका नियुक्ति अधिकारप्राप्त ठाउँबाट भएकाले व्यक्तिलाई आरोप लगाउन नमिल्ने भन्दै प्रधानन्यायाधीश राणाले ‘नियुक्तिका विषयलाई लिएर आरोप लगाउन मिल्दैन । गैरकानूनी हो भने आधार देखाउनुस् ।

पूर्वप्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद् बैठकमा आफूनुकूलको नियुक्ति गराउन अध्यादेशमार्फत परिषद् बैठकसम्बन्धी व्यवस्था संशोधन गराई बहुमतका आधारमा निर्णय लिन सकिने व्यवस्था गरेका थिए ।
देउवा सरकार ओलीले नियुक्ति गरेका असंवैधानिक नियुक्तिहरु खारेज गरी संसदीय सुनुवाई सहित नयाँ नियुक्ति गर्ने प्रकृयामा लागेका छन् ।
संवैधानिक इजलाशमा प्रधानन्यायाधीश राणासहित, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा हुनुुहन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ