भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग दिने निर्णय गरेको छ ।
बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले धामीका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानू मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
गत साउन १५ गते भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा रहेको तुइन काटिदिँदा धामी वेपत्ता भएका थिए। उनको अवस्था अहिले सम्म अज्ञात छ ।
मन्त्रीपरिषद् बैठकले नेपालमै कोरोनाको खोप उत्पादन र ट्रायल गर्न अनुमति दिने पनि निर्णय गरेको छ ।
त्यस्तै नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।
राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सोलनप्रधान सिंहलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको कार्कीले जानकारी दिए।