विराटनगर, १० भदौ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यका भाइ राम आचार्य सुनसरीको इनरुवास्थित घरमै मृत अवस्थामा भेटिएका छन् ।
भीमका कान्छा भाइ ५९ वर्षीय राम आज मृत भेटिएका हुन् ।आचार्य विराटनगरमा एमाले संसदीय दलका नेता चुनिएर मुख्यमन्त्रीका लागि शपथ लिने तयारी हुँदै गर्दा उनका भाइको निधनबारे खबर आएको थियो ।
तत्कालीन मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्यलाई दलको नेता चुनिएको थियो । त्यसपछि उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । आचार्यलाई तत्काल भाइको निधनबारे जानकारी नदिइए पनि मुख्यमन्त्रीमा नियु्क्त हुनुअघि उनले भाइको मृत्युबारे थाहा पाएका थिए ।
आचार्यका भाइको के कारणले मृत्यु भएको भन्ने खुखेको छैन । प्रहरी इनरुवास्थित घरमा पुगेर घटनाको अनुसन्धान गरिरहेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline