नेकपा एमालेमा पनि लामो समयदेखि ओलीलाई साथ दिँदै आएका मुख्यमन्त्री शेरधनराईले राजीनामा दिने तयारी भएको छ । संभवत आजको एमाले प्रदेश संसदीय दलको बैठकमा त्यो निर्णय हुने संभावना छ । संसदीय दलको बैठक बिहान ९ बजे बोलाईएको छ ।
संसदीय दलको बैठकमा संसदीय दलको नेताबाट राजीनामा दिई मुख्यमन्त्रीबाट समेत आजै राजीनामा दिने मुख्यमन्त्री राईले तयारी गरेको बुझिएको छ ।
उनको स्थानमा संसदीय दलको नेता र मुख्यमन्त्रीमा माधव नेपालको साथ छाडेर संस्थापन तिर लागेका भीम आचार्यलाई सिफारीस गर्न सक्ने बुझिएको छ ।
यो रणनीति एमाले अध्यक्ष ओलीले माधव पक्षमा लागेका वा लाग्न सक्ने नेताहरुलाई अकर्षित गर्न र तान्न यस्तो नीति लिएको देखिन्छ ।
यस अघि पनि बागमती प्रदेशमा ओली निकट डोरमणि पौडेललाई राजीनामा गराएर माधव नेपालको साथ छाडेकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाईएको थियो ।
प्रदेश १ मा भने भीम आचार्यले अष्ट लक्ष्मीले जस्तै माधव नेपालको समेत साथ खोजेर गोप्य रुपमा छलफल गर्न पुगेका थिए तर माधव नेपालले सकारात्मक संकेत दिएका थिएनन् । उनलाई ओलीले नै मुख्यमन्त्री बनाउन लागेका हुन् ।
एमालेका ५१ प्रदेश सांसद मध्य एक जना सभामुख रहेका छन् भने अर्का एक फरार अभियुक्त रहेका छन् । त्यसो गर्दा एमालेका ४९ जना सांसद बाँकी रहन्छन् । बहुमतको सरकार कायम राख्न ४७ जना आवस्यक पर्छ । त्यो पुर्याउन एमालेलाई कठिन पर्ने देखिन्छ । किनभने माधव नेपालको समाजवादीतिर राजेन्द्र राई सहित १२ जना खुल्ने बताईएको छ । त्यसो हुँदा भीम आचार्य मुख्यमन्त्री बनेपनि लामो समय टिक्न नसक्ने समाजवादीका नेताहरु बताउछन् ।