चन्द्रागिरी रिसोर्टमा दुई दिन आवासीय बैठक बसेर विधान र घोषणा पत्र पारित गरेपछि आज सनाखतका लागि माधव नेपाल नेतृत्वको टिम नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेको छ । माधव नेपाल सहित सय जना जति नेता सांसद आयोग पुगेका छन् । आज झलनाथ खनाल सहित ढिलो निवेदन दिएका र आयोगमा पेश भएको निवेदनमा हस्ताक्षर नभएका केही नेता सांसदको भने सनाखत हुने छैन ।
आयोगले एमालेबाट विद्रोह गर्ने २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यको सनाखत भएपछि दल दर्ताको प्रमाण पत्र आजै दिने छ ।
माधव नेपाललाई दोस्रो तहका केही नेताले साथ नदिए पनि तेस्रो पुस्ताका उल्लेख्य नेताहरुले साथ दिएका छन् ।


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline