काठमाडौं, भदौ ९ । नेकपा माओवादी केन्द्रले पार्टी शीर्ष नेताहरुको जिम्मेवारी तोकेको छ ।
जसअनुसार पार्टी प्रवक्तामा कृष्णबहादुर महरा नियुक्त भएका छन् । यस अघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठ प्रवास विभागको ईन्चार्ज भएका छन् ।
यसै गरी स्कुलिङ विभागका ईन्चार्जमा अध्यक्ष प्रचण्ड स्वयं रहेका छन् भने सचिव गिरीराजमणि पोखरेल रहेका छन् ।
यसै गरी प्रदेश ईञ्चार्जहरुमा, प्रदेश नम्बर १ मा सुरेन्द्र कार्की ईञ्चार्ज तथा अध्यक्षमा सुरेश राई, प्रदेश नम्बर २ गणेश साह ईञ्चार्ज, बागमती प्रदेशमा हितमान शाक्य ईञ्चार्ज र अध्यक्षमा नारायण दाहाल छन् ।
गण्डकी प्रदेशमा हितराज पाण्डे ईञ्चार्ज र अध्यक्षमा हरि अधिकारी, लुम्बिनीमा चक्रपाणी खनाल ईञ्चार्ज र ओनसरी घर्ती अध्यक्ष रहेकी छन्। कर्णालीमा शक्ति बस्नेत ईञ्चार्ज र राजकुमार शर्मा अध्यक्ष तथा सुदूरपश्चिममा खगराज भट्ट ईञ्चार्ज रहेका छन् ।
विशेष समिति ईञ्चार्जमा लीलामणि पोखरेल र अध्यक्षमा लेखनाथ न्यौपाने, प्रवास समिति ईञ्चार्जमा नारायणकाजी श्रेष्ठ र अध्यक्षमा ओम शर्मा तोकिएका छन् ।
यसै गरी अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन, कृषि तथा भूमिसुधार प्रमुखमा हरिबोल गजुरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, विदेश मामला विभागमा सुरेन्द्र कार्की, संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा नियुक्त भएका छन् ।
स्वास्थ्य विभागमा कल्पना धमला, शहरी विकास विभागमा देवेन्द्र पौडेल, स्थानीय तह विभागमा उर्मिला अर्याल, भौतिक पूर्वाधार विभागमा हरि अधिकारी, नीति अनुसन्धान प्रतिष्ठान प्रमुखमा रामचन्द्र झा र वन तथा वातावरण विभागमा शक्ति बस्नेत रहेका छन् ।