पार्टीलाई जेठ २ अघिको अवस्थामा क्रियाशील गराउने एमालेको निर्णय, भोली पत्रकार सम्मेलन गर्ने

पार्टीलाई जेठ २ अघिको अवस्थामा क्रियाशील गराउने एमालेको निर्णय, भोली पत्रकार सम्मेलन गर्ने

  • मङ्लबार, भदौ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ जेठ २ गते को अवस्थामा क्रियाशील बनाउने निर्णय गरेको छ ।

आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा माधवकुमार पक्षका १० स्थायी कमिटी सदस्यहरूसहित बसेको स्थायी कमिटी बैठकले पार्टीलाई २०७५ जेठ २ अघिकै अवस्थामा क्रियाशील हुन निर्देशन दिएको एमाले प्रवक्त प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

यस्तै बैठकले जेठ २ गतेलाई आधार मानेर पार्टीको सदस्यता नविकरण गर्ने भएको छ । यसअघि नविकरण गरिसकेकाले पनि पुनः नविकरण गर्नुपर्ने निर्णय गरेको छ । यस्तै बैठकले पार्टीको विधान महाधिवेशन असोज ४ गतेदेखि ६ गतेसम्म र महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म गने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरेको छ । भदौ १६ देखि २० गतेसम्म अगुवा प्रशिक्षार्थीहरूको समन्वयमा जिल्लामा कार्यकर्ता भेला गरिने भएको ज्ञवालीले बताए ।

बैठकले असार २७ गते तयार गरेको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने, पार्टी एकताका लागि सबैलाई आह्वान गर्ने र भदौ १० गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उहाँको भनाइ छ ।

भोली पार्टी एकताका लागि भन्दै मध्यमार्गी धार अपनाएर अन्ततः बैठकमा सहभागी भएका नेताहरुले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने पनि जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ