लामो समय पछि एमालेमा माधव नेपालको साथ छाडेका नेताहरुको आज स्थायी समितिको बैठकमा प्रवेश भएको छ । भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यदेखि योगेश भट्टराई र गोकर्ण विष्ट सहितका बैठकमा पुगेका छन् । उनीहरुले बालकोटमा ओलीसँग वार्ता गरेर १० बुदे सहमति कार्यन्वयन गर्ने अध्यक्षको प्रतिवद्धता आएको बताएका थिए । त्यसैको खाका बनाउन आज स्थायी समितिको बैठक बसिरहेको छ ।
यदी जेठ २ अघिको संरचनामा एमाले फर्कियो भने माओवादी छाडेर एमाले प्रवेश गरेका बादल समुह चिढिने खतरा बढेको छ । बादल समुहभित्र अहिले के हुने हो ? भनेर अनौपचारीक चर्चा शुरु भएको छ । बादल समुहबाट स्थायी समितिमा चार जना रहेका छन् । बादल, टोप बहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा । त्यसै गरी केन्द्रीय कमिटिमा २२ जना ।
यदी १० बुदेले उनीहरुलाई स्थायी समितिमा अटाउने गरी समायोजन गर्यो भने पनि सबै संगठनको संरचना त्यसरी बनाउदा तल्लो स्तरमा पद दिएर राखिएका सो समुहका कार्यकर्ता अटाउने संभावना छैन । त्यसले गर्दा सो समुहले अध्यक्ष ओलीलाई झक्झक्याउने संभावना रहेको स्रोतको भनाई छ ।
अध्यक्ष ओलीले दश बुदेको कुरा गर्दा जहिल्यै पनि माओवादी छाडेर आएकाहरुलाई समेट्नु पर्ने विषय राख्दै आएका छन् ।
स्रोतका अनुसार च्यासलमा माधव नेपालको साथ छाडेकाहरु प्रवेश गर्दै गर्दा प्रचण्डको साथ छाडेर ओलीको साथमा गएकाहरु संसयका साथ बैठकमा गएका छन् ।
जेठ २ अघिको संरचनामा जाने भन्नासाथ पूर्व माओवादीहरु अलपत्र परिन्छ कि भन्ने त्रासमा रहेको माओवादी छाडेर एमाले प्रवेश गरेका एक केन्द्रीय सदस्यले दाबी गरे ।