केपी ओलीले आफूलाई बा नभन्ने जति सबैलाई शत्रु ठान्न थाले, उनकै कारण एमाले विभाजित भयोः माधव नेपाल

केपी ओलीले आफूलाई बा नभन्ने जति सबैलाई शत्रु ठान्न थाले, उनकै कारण एमाले विभाजित भयोः माधव नेपाल

  • मङ्लबार, भदौ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले आफूलाई बा नभन्ने जतिलाई शत्रु र विरोधी बनाएको टिप्पणी गरेका छन् ।
चन्द्रागिरी हिल्समा पार्टीको बैठक पछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले केपी ओलीले पार्टीलाई निजी कम्पनीमा ढालेका कारण नै एमाले विभाजित हुन पुगेको दाबी गरे ।
राजनीतिक बैचारिुक रुपमा समेत एकलौटी गर्ने, हामीलाई निष्कासन गर्न थालेपछि बाध्य भएर नयाँ पार्टी बनाउनु परेको उनले स्पष्ट पारे ।
आफुहरुसँग पार्टीको सांसद र केन्द्रीय समितिका २० प्रतिशत बढी सदस्य रहेको भन्दै नेपालले दाबी गरे ।
एक प्रसंगमा उनले आफ्नै अनुमतिमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेको बताएका छन् । दल दर्ता भएको २१ दिन पछि जनप्रतिनिधिले दल छान्न पाउने भएकाले के गर्नु हुन्छ अब हेरौँ, अहिलेलाई भने उहाँ मेरो सहमतिमै मुख्यमन्त्री बन्नु भएको हो , नेपालले भने ।
उनले बिचार मिल्ने कम्युनिष्ट पार्टीहरुसँग एकताको ढोका खुल्ला राख्ने भन्दै ओली पनि सुध्रिएर बिचार व्यवहार परिवर्तन गरे एकताको ढोका खुल्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ