अक्सिजन समयमै नपाउदा मलेशियामा कार्यरत बझाङका अमरको मृत्यु

अक्सिजन समयमै नपाउदा मलेशियामा कार्यरत बझाङका अमरको मृत्यु

  • मङ्लबार, भदौ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

मलेशियामा बैदेशिक रोजगारीमा रहेका बझाङ केदारस्यु गाउपालिका ५ का अमर गुर्धामीको मलेशियामा कोरोना संक्रमित भएर बेलैमा अक्सिजन सहितको उपचार ढिला हुँदा मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ । अमर सात वर्षदेखि मलेशियामा कार्यरत रहेका थिए ।

अचानक उनी बिरामी परेका अमरले सामान्य ठानेर ड्युटी गरेको तर पछि कोरोना संक्रमण पुष्टी भएपछि पनि अस्पताल लान तीन दिन ढिला गरिएको र उपचार ढिलो पाँउदा ज्यान गएको आफन्तले बताए । अक्सिजनको अभावमा छट्पटाउदै गएका अमरलाई काम गर्ने कम्पनी सम्म पुर्याएपनि एम्बुलेन्स आउन ढिला भएका कारण ज्यान गएको उनका आफन्ती समीर बोहराले जानकारी दिए ।
अहिले अमरको शबलाई नेपाल पठाउन समस्या भएकाले मलेशियामै हिन्दु संस्कार अनुसार अन्त्यष्टीको प्रयास भईरहेको बोहराले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी