नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले नेता कार्यकर्ताहरुलाई लक्षित गरी वार्ता र सहमतिको भ्रममा नपरी कम्युनिष्ट आन्दोलनको पुनर्गठनमा लाग्न अपील गरेका छन् ।
हिजो साँझ चन्द्रागिरी रिसोर्टमा आफ्ना सांसद र केन्द्रीय सदस्यह लिएर पुगेका नेपालले एक अपील जारी गर्दै पटक पटक बेईमानी र धोखाधडीको निरन्तरता स्वरुप नै वार्ता र सहमतिको कुरा सार्वजनिक भएको भन्दै भ्रममा नपर्न अपील गरेका हुन् ।
छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवं नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमि एवं क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन् ।
उनले त्याहाँ केन्द्रीय सदस्य र सांसदसँग हिजो साँझ पनि छलफल गरेका छन् ।
आज पनि त्याहाँ छलफल हुने र संभवत आज पनि चन्द्रागिरीमै बसेर भोली निर्वाचन आयोग जाने तयारी भएको बुझिएको छ ।
भोली निर्वाचन आयोगमा सनाखत भएपछि एकीकृत समाजवादी पनि सरकारमा सामेल हुने छ ।
प्रधानमन्त्री देउवाले माधव नेपाल पक्षलाई पर्खिएका कारण नै मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन ।