माधव नेपाल आफ्ना सांसद र केन्द्रीय सदस्य लिएर चन्द्रागिरीको डाँडामा पुगे

माधव नेपाल आफ्ना सांसद र केन्द्रीय सदस्य लिएर चन्द्रागिरीको डाँडामा पुगे

  • सोमवार, भदौ ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

नेकपा एकीकृत समाजवादी दर्ता गरेका माधव कुमार नेपाल आफ्ना नेता सांसद लिएर चन्द्रागिरी डाँडामा पुगेका छन् । चन्द्रागिरी हिल्सले सञ्चालन गरेको रिसोर्ट बुधबार बिहान सम्मका लागि बुकिगं गरिएको स्रोतको दाबी छ ।
यता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर आफ्ना पूर्व सहयोगी केही नेता १० बुदे सहमति कार्यन्वयन गर्ने सहमति भएको बताउदै गर्दा नेपाल भने सांसद र केन्द्रीय सदस्य लिएर रिसोर्टमा छलफलमा जुटेका हुन् ।
सो रिसोर्टमा आज र भोली दिनभर छलफल गरेपछि बुधबार सिधै निर्वाचन आयोग जाने तयारी भएको नेपाल निकट एक नेताको दाबी छ ।
पछिल्लो अध्यादेश अनुसार बनेको नियमावली अनुसार पार्टी विभाजनका लागि २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने प्रावधान छ । जस अनुसार नेपाल पक्षमा ४१ केन्द्रीय सदस्य भए पर्याप्त हुन्छ । तेस्रो धारले साथ नदिएको अवस्थामा पनि नेपालसँग दल विभाजनका लागि पर्याप्त संख्या छ भने सांसद पनि २० प्रतिशत बढी नै हुने दाबी गरिएको छ । आज रिसोर्टमा ५० देखि सय जनाका लागि बुकिगं गरिएको बुझिएको छ ।
दल दर्ताको प्रमाणपत्र लिए लगत्तै माधव नेपालले ५ देखि ६ जना नेतालाई मन्त्री बनाउने समेत तयारी गरेका छन् ।
कम प्रतिकृया जनाउने तर मुख्यमन्त्री हेरफेरदेखि प्रदेश प्रमुख हुँदै विभिन्न नियुक्तिमा समेत माधव पक्षले राम्रो भूमिका पाउदै देखिदै गएको छ ।
माधव नेपालका लागि प्रचण्ड र प्रधानमन्त्री देउवाले राम्रो स्पेस दिईरहेको देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ