एमाले मझधारमा रहेका नेता योगेश भट्टराईले माधव कुमार नेपाललाई पार्टी विभाजन गर्दा आफूहरु सँगै नजाने भनेर पहिल्यै भनेको दाबी गरेका छन् ।
एमाले भित्र र नेकपा बनेपछि पनि माधव नेपालको साथमा रहँदै आएका भट्टराईले आज बालकोटमा ओलीसँगको भेटपछि पत्रकारहरुसँग भने माधव नेपालहरुले पार्टी दर्ता गर्न हतार गर्नु भयो, राष्ट्रिय भेलाले एकतामा जाने भनेको थियो ।
भट्टराईले अझै दुई दिन सम्म माधव नेपालसँग कस्तो सम्बन्ध रह्यो भनेर नसोध्न आग्रह गर्दै अन्तिम सम्म पहल लिएर एमाले एकतावद्ध बनाउने दाबी गरे ।
माधव नेपालहरु फर्किनु पर्छ, कार्बाही, दण्ड सजाय स्वतः निष्क्रिय हुन्छ , अध्यक्ष र हामीबीच त्यो सहमति भएको छ , भट्टराईले भने ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline