एमाले सांसदहरुले सभामुख अग्नी सापकोटालाई बल प्रयोग गर्ने जस्तो अमर्यादित धम्की दिएको भन्दै गठबन्धनका सांसदहरुले गंभीर ध्यानाकर्षण भएको जनाएका छन् ।
गठबन्धनका तर्फबाट काँग्रेसकी पुष्पा भुषाल, माओवादी केन्द्रका देव गुरुगं, जसपाका प्रदीप यादव , जनमोर्चाकी दुर्गा पौडेल र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले एक विज्ञप्ति जारी गरी सभामुख बिरुद्धको धम्कीपूर्ण अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै संसदीय मर्यादा कायम राख्न अपील गरेका छन् ।
सभामुख बिरुद्धको अभिव्यक्ति संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली बिरुद्ध भएको सांसदहरुको भनाई छ ।
सभामुखले एमालेले कार्बाही गरेका १४ सांसदको कार्बाही रोकेका कारण एमालेले आक्रोस पोखेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline