ऋणमा डुबेर चिन्तित हुँदै आएका विक दम्पत्तिले छातीमा छोरी चेपेर आत्महत्या गरे

ऋणमा डुबेर चिन्तित हुँदै आएका विक दम्पत्तिले छातीमा छोरी चेपेर आत्महत्या गरे

  • सोमवार, भदौ ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

झापा भदौ ७ । झापाको कनकाई नगरपालिका–१ सिर्जना टोलमा एक दम्पत्तिले ८ महिने छोरी च्यापेर पासो लागी आत्महत्या गरेका छन् । घर भित्र झुण्डिएको अवस्थामा आज उनीहरु फेला परको प्रहरीले जनाएको छ ।
आमाले छोरी छातीमा टाँसेर बोकेकी छन्। ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना विक र आठ महिनाकी रुविना विकको शव घरभित्र झुण्डिएको अवस्थामा भेटिएको झापा प्रहरीले जनाएको छ ।
छिमेकीहरुका अनुसार ऋणले चिन्तित हुँदै आएका रविन विक बैदेशिक रोजगारीमा जाने भन्दै आएका थिए । तर अचानक आत्महत्या गरेछन् छिमेकीहरुले बताए ।
घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी