आज थप १९ सय २० जनामा कोरोना संक्रमण, २२ सय ४८ संक्रमणमुक्त

आज थप १९ सय २० जनामा कोरोना संक्रमण, २२ सय ४८ संक्रमणमुक्त

  • आइतवार, भदौ ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, ६ भदौ ।आज देशभर १ हजार ९ सय २० कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ४३ पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षणमा १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या पीसीआर तर्फ ७ लाख ४७ हजार ४ सय ३३ र एन्टीजेन तर्फ ८० हजार २ सय ९ पुगेको छ ।

कुल संक्रमितमध्ये ३८ हजार ७ सय ५१ सक्रिय संक्रमित छन् । यस्तै २ हजार २ सय ४८ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख ९८ हजार १ सय ७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।

हाल ३५ हजार ५ सय ५५ जना होम आइसोलेसन र ३ हजार १ सय ९६ जना संस्थागत आइसोलेसनमा छन् । ४ सय २१ जना क्वारेन्टाइन, ६ सय ८१ जना आईसीयू र १ सय ६९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ