काठमाडौं,६ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफू नेकपा एमालेमै भएको बताएका छन् ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा गएको हल्ला चलिरहेका बेला गौतमले आफ्नो धारणा सार्वजनिक गर्दै आफु अझै एमालेमै रहेको प्रस्ट्याएका हुन् ।
गौतमका स्वकिय सचिव दिपक टमाटाले आज फेसबुकमा स्टाटस लेखेर वामदेव गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृतमा गएको हल्ला मात्रै भएको र उहाँको चरित्र हत्या गर्ने काम मात्र भएको बताएका छन् ।
‘आजकल केही दिन देखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा कमरेड वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटो सहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होईन,’ स्टाटसमा लेखिएको छ ।’

त्यस्तै, सचिवालयले विभिन्न खाले प्रचार प्रसारमा कुनै सत्यता नभएको पनि दावी गरेको छ । अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्याशैली प्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो स्टाटसमा उल्लेख छ ।