कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान भएको समितिको दाबी, आजै सभापतिलाई प्रतिवेदन बुझाउने

कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान भएको समितिको दाबी, आजै सभापतिलाई प्रतिवेदन बुझाउने

  • आइतवार, भदौ ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौं, ६ भदौ । क्रियाशिल सदस्यता छानविन गर्न बनेको समितिले नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगिएको दाबी गरेको छ ।
क्रियाशील सदस्यताको विवाद टुंगो लगाउन कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले विवाद समाधान गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसंग छलफल गरेपछि विवाद समाधान भएको समितिले जनाएको छ । समितिमा रहेका नेताहरुका अनुसार आज साँझसम्ममा सभापति देउवालाई सहमतिको प्रतिवेदन बुझाइने छ । १४औं महाधिवेशनको तालिका प्रभावित नहुने गरी सहमति गरिएको स्रोतले बताएको छ ।

बारा, सप्तरीलगायत छ जिल्लाका १३ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको विवाद थियो । यसअघि रमेश लेखकको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता विवाद समाधान गर्न गठीत समितिले देशभरका १५० भन्दा बढी वडामा देखिएको विवादमा १३औं महाधिवेशनको क्रियाशील सदस्यतालाई आधार मान्ने गरी मिलाएको थियो ।

तर बारा र सप्तरी लगायतका जिल्लामा देखिएको विवाद मिलाउन नेतात्रयलाई नै जिम्मा दिइएको थियो । कांग्रेसको १४औं महाधिवेशन आगामी मंसीर ९ देखि १३ गतेसम्मका लागि तय गरिएको छ । सो कार्यतालिका प्रभावित हुन नदिन भदौ १८ देखि वडाको अधिवेशन गर्नुपर्ने हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ