६ भाद्र, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि शनिवार बसेको माओवादी स्थायी कमिटीको बैठकमा नेताहरूको कार्यविभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल भएको थियो ।
आज बस्ने बैठकले नेताहरूको कार्यविभाजन टुंगो लगाउने बताईएको छ । माओवादीले यही पुस ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । नेकपा विघटन भएपछि एमालेसँग अलग भएको माओवादी संगठन पुर्नगठन र विस्तारमा सक्रिय भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline