मंगलबार सम्म ओलीले मान्लान त तेस्रो धारको चेतावनी, अनि त्यसपछि के हुन्छ ?

मंगलबार सम्म ओलीले मान्लान त तेस्रो धारको चेतावनी, अनि त्यसपछि के हुन्छ ?

  • शनिबार, भदौ ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

अहिले एमाले विभाजनपछि दुबैतिर नलागेका माधव नेपाल पक्षीय नेताहरुले दश बुदे सहमतिको अक्षरस कार्यन्वयनका लागि मंगलबार सम्मको अल्टिमेटम दिएका छन् । त्यो दिन सम्म १० बुदे सहमति पालना नभए के हुन्छ त ? त्यस विषयमा कार्यदलमा समेत रहेका तेस्रो धारका नेता घनश्याम भुषाल भन्छन्, त्यो कार्यन्वयन नभए ओलीले पार्टी एकता अस्वीकार गरेको ठहरिन्छ र एमालेमा झन ठूलो विद्रोह हुन्छ ।
९ जना मध्यमार्गी नेताले सामुहिक रुपमा नै अपील जारी गरेर माधव नेपाल सहितका १४ सांसदमाथिको कार्बाही फुकुवा गर्नु पर्ने, जेठ २ अघिको पार्टी कमिटि क्रियाशील हुनु पर्ने र फागुण २३ यताका सबै निर्णय फिर्ता हुनु पर्ने माग गरेका छन् ।
स्वयं माधव नेपाल सहित एकता हुने भन्दा त उक्त प्रस्ताव ओलीले नमानिरहेको अवस्थामा ओलीले के गर्छन् त्यो भन्न सकिने अवस्था छैन ।
अध्यक्ष ओलीले बरु माधव नेपालतिर गएकाहरुलाई नाम कटाएर पार्टीमा आउन अफर गरिरहेका छन् । जनप्रतिनिधिहरुलाई पनि अफर गरिरहेका छन् ।
अब मंगलबार सम्म पनि त्यो दश बुदे सहमति कार्र्यन्वयन नभए संभवतः भुषाल सहितका नेताले पनि एमाले छाड्न सक्ने आंकलन गरिएको छ ।
अध्यक्ष ओलीले माधव नेपालहरुको बहिर्गमनलाई एमाले विभाजन नभई केही व्यक्ति टुक्रिएर गएको अर्थमा प्रतिकृया दिएका छन् ।
त्यसो त बामदेव गौतमले समेत अब माधव नेपाललाई साथ दिने घोषणा गरीसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ