अहिले सामाजिक सञ्जालमा एउटा तस्वीरबारे भावुक सन्देशहरु प्रसार भईरहेको छ । रोईरहेको बालकलाई फकाउन उनका मृतक आमाको काखमा ती बच्चालाई राखिएको दृष्य भाईरल बनेको छ । रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका– ९ बटला की २८ वर्षीया धर्माकुमारी बटालाको दुधे बालक चेपेर गाडीमा बसिरहेका बेला अचानक उनको मृत्यु भयो । बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढेकी थिईन् ।
बाँकेको नेपालगञ्जमा रहेका श्रीमान दलबहादुर बटालासँग सल्लाह गरि उपचारका लागि हिँडेकी थिईन् । दल बहादुर ठेक्का पट्टाको काम गर्दछिन् । प्रेसर हाई लो भईरहने धर्मा कुमारी मुटु रोगी थिईन् ।
नाईट बसले खाना खाने ठाँउ सम्म पनि धर्माले श्रीमान्सँग कुरा गरिरहेकी थिईन् ।
पछि यात्राकै क्रममा गाडीको चक्कर लागेर धर्मकुमारीलाई वान्ता भयो । सँगै सिटमा बसेका अर्जुन केसीले बर्दियाको हरियो लेकमा पुगेपछि बच्चा रोएको सुने ।
त्यसपछि सबै यात्रुले ब्युझिँएर हेर्दा थाहा भयो , धर्माकुमारीको काखबाट बच्चा खसेको रहेछ । सबैले धर्माकुमारीलाई बोलाए , उठान खोजे तर धर्माले आँखा खोलिनन् । रोईरहेको बालकलाई अरु यात्रुले फकाए बोके, मन भावुक बनाए । एक महिलाले उनको मृत शरीरलाई चेपेरै यात्रा गरिन् ।
यो खबरले उनका श्रीमान् स्तव्ध भए । उनी पौने ६ बजेतिर कोहलपुर पुगे । त्यही पनि धर्मालाई बचाउन श्रीमान्ले कोशिस गरे । तर त्यो संभव थिएन । तैपनि आईसियुमा राखेर धर्माका माईती बोलाएका छन् ।
अब सबै भन्दा समस्या ३२ महिनाको किरणको छ , जसलाई हुर्काउने, पालन पोषण गर्ने चुनौती छ । पहिलाको श्रीमतीले छाडेर गएपछि दलबहादुरले धर्मालाई विवाह गरेका थिए ।