महन्थ ठाकुर नेतृत्व दलको नाम ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल’

महन्थ ठाकुर नेतृत्व दलको नाम ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल’

  • शुक्रबार, भदौ ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

काठमाडौँ, ४ भदौ । जसपाबाट बाहिरिएको महन्थ ठाकुर नेतृत्वको समूहले दलको नाम ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल’ राख्ने भएको छ । यसअघि जसपा नेपाल (लोकतान्त्रिक) प्रस्तावित गरिएकोमा अर्को दलसँग मिल्दोजुल्दो भएपछि परिवर्तन गरिएको हो ।

नेताहरू सुरेन्द्र झा र केशव झाले शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ दलको नाम बुझाएको हो । नेता केशव झाका अनुसार अब दल दर्ताका लागि आयोगले निर्णय दिएपछि आधिकारिकता पाउने छ ।

पार्टीको अध्यक्षमा महन्थ ठाकुर र बरिष्ठ नेताहरूमा राजेन्द्र महतो र शरत्‌सिंह भण्डारी रहने निर्णय भएको पनि झाले जानकारी दिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ