माधव नेपाल नेतृत्वको पार्टी अब नेकपा (एकीकृत समाजवादी), प्रक्रिया पुरा भएपछि आयोगले अन्तिम निर्णय गर्ने

माधव नेपाल नेतृत्वको पार्टी अब नेकपा (एकीकृत समाजवादी), प्रक्रिया पुरा भएपछि आयोगले अन्तिम निर्णय गर्ने

  • शुक्रबार, भदौ ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ, ४ भदौ । नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल समूहको पार्टीको नाम दर्ता नहुदैँ परिवर्तन गरिएको छ । अब नयाँ पार्टीको नाम नेकपा (एकिकृत समाजवादी) प्रस्ताव गरिएको छ । नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको थियो ।

तर अर्को दलसंँग मिल्दो नाम राख्न नमिल्ने भएपछि राजेन्द्र पाण्डे लगायतका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ नाम नेकपा (एकिकृत समाजवादी) प्रस्ताव गरेका हुन् ।

पार्टीको नयाँ नामको निवदेन आइसकेको जानकारी दिदैँ निर्वाचन आयोगको प्रवक्ता राजकुमार श्रेष्ठले पार्टी दर्ताको प्रक्रिया पुरा भएपछि यसबारेमा आयोगले अन्तिम निर्णय गर्ने जानकारी दिए ।

गत फागुन २३ गते तत्कालीन नेकपाको नामसम्बन्धि विवादमा अदालतले मिल्दोजुल्दो नाम राख्न नमिल्ने खालको फैसला गरेको थियो । त्यसैकारण तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको नेकपालाई नयाँ नाम तय गर्न अदालतले भनेको थियो ।

तर नेकपाले नयाँ नाम दिएन, त्यसपछि एमाले र माओवादी केन्द्र पुरानै दलको रुपमा ब्यूँतिएका थिए । त्यसपछि बढ्दै गएको विवादका कारण एमालेको नेपाल समूहले अलग्गै पार्टी बनाउने निर्णय गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ