नयाँ पार्टी गठनमा माधव कुमार नेपाललाई साथ नदिएका पूर्व माधव समुहका नेताहरुले ओलीलाई पनि तत्काल साथ नदिने संकेत दिएका छन् ।
उनीहरुले अध्यक्ष ओलीलाई १० बुदे सहमतिको अक्षरस कार्यन्वयन गर्न पनि माग गरेका छन् ।
सो समुहले माधव नेपालसहित १४ सांसदलाई गरेको कारबाही ओलीले फिर्ता लिनुपर्ने र नयाँ पार्टी गठनको प्रक्रियाबाट माधव नेपाल पछि हट्नुपर्ने निष्कर्र्ष निकालेको एमाले सचिव गोकर्ण विष्टले बताए।
उनले १० बुँदे सहमतिलाई अक्षरस पालना गरेर अघि बढ्न अपिल गर्ने निर्णय भएको समेत जानकारी दिए ।
बैठकमा एमाले उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल,सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई भीम रावल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहोरा सहभागी थिए। उनीहरुले सँयुक्त अपील जारी गर्न सक्ने बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline