नेकपा हुँदा देखि नै अष्टलक्ष्मी शाक्य बागमती प्रदेशकी ईन्चार्ज थिईन् । पार्टीमा अन्तरविरोध शुरु हुनासाथ उनी अध्यक्ष बिरुद्ध आक्रामक बयानबाजीमा उत्रिईन् । उनले ठाँउ ठाँउका कार्यक्रममा अध्यक्ष केपी ओली कम्युनिष्ट नै हैनन् भन्दै भाषण गर्दै गर्ईन् । पछिल्लो समय सम्म पनि ओलीको नेतृत्वमा एमाले बन्न नसक्ने बताउदै आईन् । उनका श्रीमान् अमृत बोहरा पनि एमालेका पाका नेता हुन् उनी चाँही खासै आलोचना र बिरोधमा उत्रिएका थिएनन् ।
नेकपा विभाजन भएसँगै बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने कोशिस पनि भयो । जहाँ शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको थियो । तर त्यो सफल भएको थिएन ।
अध्यक्ष ओली बिरुद्ध गाली गरिरहने तीनै अष्टलक्ष्मी शाक्य तीनै ओली कमरेडको योजनामा बागमती प्रदेशको पहिलो महिला मुख्यमन्त्री बन्न सफल भईन् ।
उनले माधव नेपालको साथ छाडेकै दिन प्राप्त गरेको यो उपहारको रुपमा अरुले व्याख्या गरीरहेका छन् । पहिला गाली नै गाली गरिएका अध्यक्ष ओलीलाई अब त ताली नै बजाउने भईन् अष्टलक्ष्मीले एक एमाले नेताले टिप्पणी गरे ।
ती नेताका अनसार डोरमणि पौडेललाई ओलीले शुरुमै मुख्यमन्त्री बनाएदेखि नै उनी रिसाएकी थिईन् । किन भने मुख्यमन्त्री बन्ने चाहनाका कारण नै शाक्य प्रदेश सांसद बनेकी थिईन् । त्यसै भएर उनी अध्यक्ष ओलीसँग असन्तुष्ट बनेकी थिईन् ।
अहिले त्यही पुरानो चाहना पुरा गरिदिएपछि अब ओली , अष्टलक्ष्मीका लागि धन्यवादकै पात्र बन्ने उनको टिप्पणी छ ।