मुख्यमन्त्री शाक्यद्धारा वाग्मतीमा दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार, खनाल र पाण्डे मन्त्रीमा नियुक्त

मुख्यमन्त्री शाक्यद्धारा वाग्मतीमा दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार, खनाल र पाण्डे मन्त्रीमा नियुक्त

  • बुधबार, भदौ २, २०७८
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

भाद्र २, मकवानपुर । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छन् । मुख्यमन्त्री नियुक्त भए लगत्तै आजै शाक्यले सानो आकारको मन्त्रिपरिषद् गठन गरेकी हुन् ।

समाजिक विकास मन्त्रीमा कृष्ण शर्मा खनाल र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केशवराज पाण्डे नियुक्त भएका हुन् । पाण्डेलाई भौतिक पूर्वाधार तथा विकासमन्त्रीको पनि जिम्मेवारी दिइएको छ । पाण्डे यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलको सरकारमा पनि आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।

आर्थिक मामिला तथा योजना मन्त्रालय,उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाक्य आफैंले राखेकी छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ