जसपा नेपाल (लोकतान्त्रिक) नामक नयाँ दल आयोगमा दर्ता, महन्थ ठाकुर अध्यक्ष(नामावलीसहित)

जसपा नेपाल (लोकतान्त्रिक) नामक नयाँ दल आयोगमा दर्ता, महन्थ ठाकुर अध्यक्ष(नामावलीसहित)

  • बुधबार, भदौ २, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

काठमाडौँ, २ भदौ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले आज निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेको छ ।

नयाँ पार्टीको अध्यक्षमा महन्त ठाकुर र नाम जसपा नेपाल (लोकतान्त्रिक) राखिएको छ । यस्तै जसपा नेपाल (लोकतान्त्रिक) को चुनाव चिह्न साइकल राखिएको छ । नेता ठाकुर, राजेन्द्र महतो, सरतसिंह भण्डारी सहित नेता तथा कार्यकर्ताहरु निर्वाचन आयोग पुगेर दल दर्ता गरेका हुन् ।
आज निर्वाचन आयोगमा जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) नामक राजनीतिक दलको निवेदन दर्ता भएको छ। दर्ता न.(४३४/०७८-५-२ नेता केशव झाले बताए । नयाँ पार्टीमा १२ सांसद सहित २४ सदस्यीय केन्द्रीय समिति छ ।
साथै कारागारमा रहेका रेशम चौधरी समेत यस पार्टीमा सदस्य रहेको ठाकुर पक्षका नेताहरुले बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नेपालको संविधान धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेपछि एमाले र जसपा विभाजनका लागि बाटो खुलेको हो ।

गत साउन ११ मा निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि महन्थ ठाकुरसहितका नेताहरुले नयाँ दल दर्ताको तयारी गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ